काठमाडौँ- हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको परिवारलाई १० लाख रुपैयाँका दरले निकासा गरेको छ। अर्थ मन्त्रालयले १० परिवारका लागि १ करोड रुपैयाँ निकासा गरेको हो।
गत अक्टोबर ७ मा इजरायलमाथि हमास समूहले आक्रमण गर्दा १० जना नेपालीको मृत्यु भएको थियो। उनीहरू सबैका लागि १ करोड रुपैयाँ निकासा भएको हो।
यस्तै सरकारले राष्ट्रपतिको उपचारका लागि थप १० लाख निकासा गर्ने निर्णयसमेत गरेको छ। गत आर्थिक वर्षमा राष्ट्रपतिको उपचारको लागि ५५ लाख रूपैयाँ सरकारले उपलब्ध गराएको थियो।
अर्थ मन्त्रालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमी तथा सुविधासम्बन्धी ऐन २०७४ अनुसार यो रकम उपलब्ध गराएको जनाएको छ।


