काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्रीले शीष्टाचार भेटवार्ता गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटवार्तामा नेपाल र श्रीलंकाबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुद र व्यापक बनाउनुपर्नेमा विषयमा कुराकानी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
भेटमा राष्ट्रपति पौडेलले श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षले नेपाल भ्रमणका अवसरमा लुम्बिनी संसारको सांस्कृतिक गन्तव्यस्थल हुने बताएको स्मरण गरेका थिए।
विदेशमन्त्री साब्रीले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ गराउनुका साथै दुवै देश बीच लगानीका संभावना बढाउन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।


