काठमाडौँ- नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन आजबाट सुरु हुने भएको छ। काठमाडौँमा हुने सम्मेलन पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले काठमाडौँमा हुने प्रदेश सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी हुने जानकारी दिए।
सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ सङ्घीय निर्वाचन क्षेत्रका ७८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका सङ्घीय सांसद, प्रदेशसभा सदस्य, क्षेत्रीय सभापति सहभागी हुनेछन्।
त्यसैगरी नगरपालिका गाउँपालिकामा निर्वाचित प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष तथा बागमती प्रदेशका ११९ पालिकाका सभापति सहभागी हुने सभापति बानियाले बताए।


