काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल)मा आज दुई खेल हुँदै छन्। दशरथ रंगशालामा आज २ खेलका ४ टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ।
जसअनुसार पहिलो खेल बुटवल लुम्बिनी फुटबल क्लब र वीरगञ्ज युनाईटेडबीचमा हुनेछ भने दोस्रो खेल ललितपुर फुटबल क्लब र काठमाडौँ राइजर्स फुटबल क्लबबीचमा प्रतिस्पर्धा हुनेछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो १ बजेबाट सुरु हुनेछ भने दोस्रो खेल ५ बजेबाट सो खेल सुरु हुनेछ।


