काठमाडौँ – लुम्बिनी प्रदेश सरकारमा थपिएका २ जना मन्त्रीले आज शपथ लिने भएका छन्।
शनिबार मन्त्री थप्ने काम भए पनि शपथको कार्यक्रम भने आइतबारलाई राखिएको थियो।
लुम्बिनीमा नेकपा माओवादी केन्द्रको तर्फबाट कृष्ण केसी (नमुना) र नेपाली कांग्रेसका तर्फबाट सरोज थापा मन्त्री बनेका हुन्।
केसी बाँकेबाट र थापा प्यूठानबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उनीहरूलाई मन्त्री नियुक्त गरेका थिए।
उनीहरूलाई यसअघि मुख्यमन्त्रीले सम्हाल्दै आएकामध्येको २ मन्त्रालय दिइने भएको हो।


