काठमाडौँ- नवलपुरमा बाघको आक्रमणबाट २ जनाको मृत्यु भएको छ। घाँस काट्न गएका उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सासु ५९ वर्षकी मनादेवी पौडेल र बुहारी २८ वर्षकी बिष्णु पौडेल छन्। घटनामा थप अनुसन्धान भैरहेको नवलपुर प्रहरीले जनाएको छ।
घाँस दाउरा लिन आइतवार दिउँसो जंगल गएका उनिहरू अवेरसम्म पनि घर नफर्केपछि खोजी गर्ने क्रममा बाघको आक्रमणमा परेको अवस्थामा भेटिएको थियो।
उनीहरुको शव सडकबाट एक किलोमिटर भित्र विनयी सामुदायीक वनमा फेला परेको हो। गाउँले र प्रहरीको सहयोगमा राती खोजी भएको थियो।


