काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको शेयर ब्रिटिस अर्बपति सर जिम र्याटक्लिफले किन्ने भएका छन्। ७१ वर्षीय र्याटक्लिफले युनाइटेडको २५ प्रतिशत सेयर करिब १.३ बिलियन डलरमा किन्न लागेका हुन्।
र्याटक्लिफको इनेओस ग्रुपले युनाइटेडको फुटबल सञ्चालन समेत नियन्त्रण गर्ने भएको छ। ग्रुपले भविष्यमा युनाइटेडको मैदान ओल्ड ट्राफोर्डलाई समेत ३०० मिलियन डलर समेत दिनेछ।
युनाइटेका अमेरिकी मालिक ग्लाजर परिवारले पछिल्लो केही समययता ‘रणनीतिक विकल्पको खोजी’ गरिरहेको थियो। ग्लाजर परिवारले सन् २००५ मा युनाइटेडको स्वामित्व खरिद गरेका थियो
यसअघि कतारी बैंकर शेख जसिम विन हमाद अल थानीले युनाइटेडको शतप्रतिशत सेयर किन्ने प्रयास गरेका थिए। तर, सहमति जुट्न नसकेपछि उनले आफ्नो प्रस्ताव गत अक्टोबरमा फिर्ता लिएका थिए।
युनाइटेडले सर एलेक्स फर्गुसनले प्रशिक्षण करियरबाट सन्यास लिएयता घरेलु लिग जित्न सकेको छैन। युनाइटेले पछिल्लो पटक लिग जितेको सन् २०१३ मा हो। क्लब निरन्तररुपमा खराब लयबाट गुज्रिरहेपछि समर्थकले बेलाबखतमा ग्लाजर परिवार विरुद्ध आन्दोलन गर्ने गरेका छन्।
