काठमाडौँ- ‘सनातन धर्मावलम्बी नेपाली’को आयोजनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न माग गर्दै संसद भवन घेराउ गरेका छन्।
सनातन संस्कृतिको खुलेआम विरोध गरी प्रचार गरेको भन्दै किराँतीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने उनीहरूको माग छ। प्रदर्शनकारीले ब्यानर र प्लेकार्ड लिएर गौशालाबाट बानेश्वरसम्म विरोध र्याली गरेका थिए।
गत बुधबार राजधानीमा भएको उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले क्रिश्चियन धर्म नमान्नेलाई थुन्ने चेतावनी दिएका थिए। उनको उक्त अभिव्यक्तिको विरोध भइरहेको छ।















