काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले मङ्गलबार अपराह्न ३ बजे सिंहदरबारस्थित मन्त्रीपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।
कार्यकाल १ वर्ष पुगेका अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेका हुन्। उनले एक वर्षमा भएका कामकारबाही र आगामी योजनाका विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेकाे आचार्यले बताए। प्रधानमन्त्री गत वर्ष पुस १० गते नियुक्त भई पुस ११ गते शपथ लिएका थिए।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो आगामी योजनाबारे प्रस्तुत गर्दै एक वर्षका अवधिमा भएका कामकारबाहीबारे पनि देशवासीलाई जानकारी दिनेछन्।


