काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विकास र विचारको नयाँ अभियानका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन्। १३१ औँ माओ दिवसका आवसरमा मंगलबार पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतामा प्रत्यक्ष प्रभाव पार्ने गरि विकास र विचारको अभियान थाल्नु पर्ने बताएका हुन्।
प्रचण्डले जनतामा प्रत्यक्ष सकारात्मक प्रभाव पर्नेगरी सरकारले विकास, सेवा र सुशासनको क्षेत्रमा काम गरिरहेको दाबी गरेका छन्। त्यसका लागि आफूले पनि आफ्नो काम गर्ने शैलीमा परिवर्तन गरेको उनले बताए।
‘गहिरोगरी हेर्ने हो भने, हामीले एक वर्षको अवधिमा गरेका कामका केही रेकर्डरहरू बनेका छन्,’ उनले भने, ‘अर्को वर्ष हाम्रै नेतृत्वका सरकारले विकास, सेवा, सुशासन र सामाजिक न्यायको क्षेत्रमा नयाँ रेकर्डरहरू निर्माण गर्नेछ।’
नयाँ विचारले मात्र माओवादी पुरानो तागतमा आउने बताउँदै उनले भने, ‘तुरुन्तै अर्को अभियानमा जानै पर्छ । त्यो अभियान विचार निर्माण र विकास निर्माणको अभियान हुनेछ।’
नेपाली मौलिकतासहितको नयाँ विचार निर्माण हुने उनको तर्क छ। नेकपा माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि तीन महिनासम्म जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सुरु गरेको थियो।


