हेटौँडा- बागमती प्रदेश सरकारमा आइतबार नेपाली कांग्रेस सहभागी हुने भएको छ। कांग्रेसले दुई जना प्रदेशसभा सदस्यलाई मन्त्री बनाउनका लागि मुख्यमन्त्रीलाई सिफारिस गरिसकेको छ।
बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा आर्थिक मामिला मन्त्रालय लिएर सरकारमा जान तय भएको कांग्रेस स्रोतले जानकारी दिएको छ। यस्तै प्रदेशसभा सदस्य तीर्थ लामाले सिँचाई तथा ऊर्जा मन्त्रालयमा जाने भएका छन्। उनीहरू दुवैलाई आइतबार साँझ शपथ दिलाउने कार्यक्रम तय भएको छ।
बागमतीमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन्। मुख्यमन्त्रीलाई विश्वासको मत दिएको एकीकृत समाजवादीले भने सरकारमा सहभागी हुनेको नाम पठाएको छैन।
एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि बागमतीमा ७ मन्त्रालय खाली छन्। कांग्रेसका दुई नेता सहभागी भएपछि पनि ५ मन्त्रालय रिक्त रहनेछन्।


