काठमाडौँ- क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ आज पनि जारी रहने भएको छ। गत आइतबार काठमाडौँ जिल्ला अदालतमा हेर्दा हेर्दैमा रहेको उनको सुनुवाइ आज पनि जारी रहने छ।
अन्तिम सुनुवाइ सुरु भए पनि बहस अझै सकिएको छैन। यसअघि २ दिन लगातार सार्वजनिक बिदा भएकाले मुद्दा हेर्दा हेर्दैमा रहेको थियो।
न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु भएको छ।


