काठमाडौँ नेकपा एकीकृत समाजवादी (नेकपा एस) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ।
कान्तिपुर गार्डेन, बालकुमारीमा ११ बजेबाट बैठक सुरु हुने छ। बैठक आगामी ३ दिनसम्म चल्ने बताइएको छ।
बैठकमा पार्टीको महाधिवेशन, राष्ट्रियसभा निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने छ।


