२०८३ कार्तिक १२ गते बुधबार

सांसद पोखरेललाई ‘लाज’ लाग्छ वर्षमा एउटा मात्र कानुन बनाएको भन्न

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १२
menuka_pokharel

काठमाडौँ- नेकपा (एमाले)की नेत्री एवं प्रतिनिधिसभा सदस्य मेनका पोखरेललाई सरकारको नेतृत्व गरिरहेका पहुँचवाला नेताहरूले आ-आफ्नो जिल्लामा बढी बजेट छुट्याउने तर विकासको प्रतीक्षामा बसेका र कतै पहुँच नभएका भुइँमान्छेलाई बेवास्ता गर्ने परिपाटी गलत लाग्छ।

यो प्रवृत्ति सही होइन भन्नेमा देशभित्र निरन्तर बहस हुँदै आएको छ। सरकारको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएलगत्तै हरेक वर्ष यो विषय सर्वत्र उठ्ने र आलोचना हुने गरेको पाइन्छ।

पहुँचवाला सांसदका जिल्ला र निर्वाचन क्षेत्रमा हचुवाका भरमा बजेटको ठूलै हिस्सा लैजाने होड चलेको हुन्छ। राज्यका निकायमा पहुँच नपुग्ने जनप्रतिनिधिका जिल्लामा विकासको आशामा जनता बस्नुपर्ने अवस्था अहिले पनि विद्यमान छ।

‘शक्तिको आडमा यसरी आ-आफ्नो जिल्लामा बजेट लैजाने अभ्यास प्राकृतिक न्यायको हिसाबले पनि ठीक होइन’, नेत्री पोखरेलले भनिन्, ‘विकासको आधारभूत आवश्यकता भएको स्थानमा विकास बजेट छुट्याउनुपर्छ, तर विडम्बना पहुँच र शक्तिका आधारमा बजेट छुट्याएको पाइन्छ।’

मुलुकमा संघीयता आएर संविधान जारी भएको यतिका वर्ष बितिसक्दा पनि प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्ने ठाउँमा स-साना टुक्रे योजनाका फाइल बोकेर संघीय सांसद मन्त्रालय-मन्त्रालय धाउनु सांसद पोखरेललाई सही लाग्दैन। यही मनोदशा प्रदेश सांसदको पनि सुनिएको छ।

‘सैद्धान्तिकरुपमा भन्नुपर्दा संघका सांसदले कानुन निर्माण गर्ने र त्यसको कार्यान्वयन भए-नभएको अनुगमनमा ध्यान दिने हो, स्थानीय तहको विकासका लागि उनीहरूलाई नै जिम्मा दिनुपर्ने हो,’ उनले थपिन्, ‘राष्ट्रिय सरोकारका विषयलाई मात्रै संघका सांसदले जिम्मेवारी बहन गर्नुपर्ने हो।’

संघीय सरकारले प्रदेश र स्थानीय निकायमा योजना कार्यान्वयन गर्ने जनाउँदै हचुवाका भरमा आफूखुसी रकम विनियोजन गरेको देखिएको छ। निर्वाचित जनप्रतिनिधिमार्फत आफ्ना गाउँठाउँको विकासको कुरा केन्द्रमा पनि पुगोस् भन्ने स्थानीयको माग हुन्छ जुन स्वभाविक पनि हो, नेत्री पोखरेलले भनिन्।

‘हुनतः सांसद भनेको विकास निर्माणमा पनि ध्यान दिने, जनताको दुःखसुखमा हातेमालो गर्ने प्रतिनिधि पनि हुन्’, उनले थपिन्, ‘देशमा सुशासन, विकास र समृद्धिका लागि कानुन बनाउने, नीति तर्जुमा गर्ने र निगरानी गर्ने प्रतिनिधि नै सांसद हुन्।’

नेपालमा राजनीतिक अभ्यास, जनताको बुझाइ र दलीय स्वार्थका कारण सांसदले स्वतन्त्र ढंगबाट काम गर्न नपाएको उनको बुझाइ छ। संसदमा आमरुपमा कुनै एक सांसदभन्दा दलको नेता बढी प्रभावशाली हुने विश्वव्यापी प्रचलन पनि रहेको बताउँदै सांसदलाई स्वतन्त्ररुपमा आफ्ना भनाइ राख्ने वातावरण निर्माण गर्न जरुरी देखिएको उनको भनाइ छ।

‘जनताको बीचमा लोकप्रिय हुन, राम्रो मत पाएर जित्न, म त्यो विकास गर्छु, यो विकास गर्छु भन्नुपर्ने अहिले हरेक सांसदमा बाध्यता छ’, सांसद पोखरेलले भनिन्, ‘जनतामा लोकप्रिय हुन सांसदले विकास निर्माणका काममा पनि ध्यान दिनुको विकल्प छैन, विकास गर्नुपर्छ तर योजनाको स्थिति हेरेर स्थानीय, प्रदेश वा केन्द्रमार्फत गर्नुपर्छ। बजेटलाई आवश्यकताको आधारमा विनियोजना गरिनु उपयुक्त हुन्छ।’

सरकारको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएलगत्तै हरेक वर्ष यो विषय सर्वत्र उठ्ने र आलोचना हुने गरेको पाइन्छ।

संविधान र संघीयताको मर्मबमोजिम कानुनहरू बनाउने र त्यसलाई लागू गराउनेतर्फ सरकारले तदारुकता नदेखाएकोप्रति नेत्री पोखरेलले चिन्ता प्रकट गरिन्। ‘कानुन बनाउने, संसद् र समितिमा छलफल चलाउने र पारित गराउने जिम्मा मूलतः सरकारकै हो, सरकारको नेतृत्व गरेका दलहरूको हो। प्रतिपक्षले दबाब दिने हो। संविधान जारी भएको आठ वर्ष पूरा हुनलाग्दा पनि कानुन नबनेको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने समय आएको छ’, उनले भनिन्।

‘सरकार सञ्चालन गर्नेको हातमा देश र जनताको भविष्य जोडिएको हुन्छ, त्यस्तै, कानुन बनाउने वा नबनाउने जिम्मा पनि सरकारकै हो, प्रतिपक्षले त झक्झक्याउने र खबरदारी गर्ने मात्रै हो’, उनको तर्क छ।

विधायक भएर एक वर्ष काम गर्दा एउटा मात्र कानुन बनाउन सकिएको प्रति नेत्री पोखरेलले मनमा सन्तोष छैन। ‘एक वर्षमा एउटा कानुन बनाइयो भन्दा अप्ठ्यारो लाग्छ।’ संसद् सञ्चालन गर्न राज्यको ठूलो स्रोतसाधन खर्च हुने गरेको छ तर कानुन बनाउने काम प्रभावकारी रुपमा नहुने र जनताको आवाज बोकेर आएका जनप्रतिनिधिको सुनुवाइ पनि नहुने हुँदा संसदीय अभ्यासमै जनताले प्रश्न उठाइरहेको नेत्री पोखरेलको अनुभव छ।

‘जनताको प्रतिनिधि भएर सांसदहरू सदनमा आउँछन्, तर जनताको जुन आशा, विश्वास र भरोसा लिएर सदनमा पुग्छौं, त्यस अनुरुप काम हुँदैन’, सांसद पोखरेलले भनिन्, ‘सांसदले पाउनुपर्ने भूमिका पाएका छैनन्। जनताका सामु काम देखाउने गरी केही पनि काम गर्न सकिएको छैन, जुन दुःखद् पक्ष हो।’

संसद्मा जनप्रतिनिधिले उठाएका कैयौँ सवालमा सरकारले गम्भीरतापूर्वक नसुनेको उनको अनुभव छ। जनताका सवाल र विभिन्न सरोकारका विषयमा पटक पटक सदनमा कुराहरू उठाउँदा पनि खासै ध्यान नदिएको उनको बुझाइ छ। ‘सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका सांसदको हालत एकै देख्छु।’

‘शून्य समय र विशेष समयमा जनताका जनजीविकासँग जोडिएका समस्या बारम्बार उठाइरहेका हुन्छौँ’, उनले थपिन्, ‘तर त्यसको सुनुवाइ नै हुँदैन, सदनमा उठेका विषयको कार्यान्वयन भएको भए कति आनन्द हुने थियो, मनमा सन्तोष मिल्ने थियो।’ पछिल्लो समयमा उहाँलाई संसद्मा शून्य वा विशेष समयमा बोल्नुको पनि कुनै अर्थ नभएकोजस्तो महसुस भएको छ।

शून्य र विशेष समयमा उठेका समसामयिक र जल्दाबल्दा विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण पनि गराइएको छ, सदनमा उपस्थित भएर जवाफ दिन सरकारका नाममा रुलिङ पनि हुने गरेको छ। तर सरकारले चित्तबुझ्दो जवाफ पनि दिँदैन, काम पनि हुँदैन । यो बिडम्वनाबाट सांसद गुज्रिनुपरिरहेको उनको दुःखेसो छ।

‘व्यक्तिगतरुपमा आफूले जति गर्नुपर्ने हो, त्यो प्रयास गरिरहेका छौं, तर सामूहिकरुपमा देशको हितका लागि काम गर्ने वातावरण नै भएन।’ तथापि नेत्री पोखरेल मुलुकमा विकास र सुशासन विस्तारै कायम हुनेमा आशावादी रहन जनतालाई आग्रह गर्नुहुन्छ। ‘नेपाली जनता अहिले नै निरास भइहाल्नुपर्ने स्थिति छैन’, उनले आग्रह गरिन्, ‘राष्ट्रको विकास र समृद्धिमा सबैले ध्यान दिनुपर्छ।’

विसं २०२२ भदौ ७ गते दाङको तुलसीपुर उपमहानगरपालिका-१९ मा जन्मिएकी उनी अहिले दाङ निर्वाचन क्षेत्र नम्बर २ मा बस्छिन्। दाङबाटै समानुपातिक रुपमा एमालेबाट प्रतिनिधित्व गर्दै विधायकको रुपमा काम गर्दै आएकी छन्। विसं २०३६ को विद्यार्थी आन्दोलनदेखि राजनीतिक आन्दोलनबाट सक्रियरुपमा लाग्नुभएकी नेत्री पोखरेल अनेरास्ववियुको दाङ जिल्लाको दुई कार्यकाल अध्यक्ष भएर काम गरेकी थिइन्।

विसं २०४४ मा अनेरास्ववियुको केन्द्रीय सदस्य काम गरेकी नेत्री पोखरेल २०४४ सालमा दुई पटक गरी एक वर्ष जेल बसिन्। विद्यार्थी र महिला संगठनले तीज कार्यक्रम गर्दा तत्कालीन राज्यव्यवस्थाविरुद्ध काम गरेको आरोप लगाउँदै उनलाई जेल हालिएको थियो।

जेलबाट निस्किएपछि करिब एक वर्ष भूमिगत राजनीतिक जीवन बिताइन्। नेपालमा २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना भएपछि उनी सक्रियरुपमा पूर्णकालीन राजनीतिमा आइन्।

त्रिभुवन विश्वविद्यालयबाट २०४८ सालमा नेपाली विषयमा स्नातकोत्तर तहमा स्वर्णपदक (गोल्डमेडल) प्राप्त गरेकी नेत्री पोखरेलले पद्मकन्या स्वर्णपदक समेत प्राप्त गरेकी थिइन्। अहिले एमालेको केन्द्रीय सदस्य भएर पार्टीको काममा सक्रिय छिन्।

प्रकाशित: २०८० पुस १२ गते बिहिबार १२:३८
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना