धरान- धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षमा राखिएको नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका छन्।
राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर उनले प्रथम किराँती राजा ‘यलम्बर’को फोटो राखेका छन् ।
बिहीबार कार्यालय पुग्ने बित्तिकै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दहालको तस्बिर हटाएका थिए।
यसअघि उनले सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर यलम्बरको तस्बिर राख्ने स्ट्याटस राखेका थिए।


