काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेको आरोपमा ५ जना पक्राउ परेका छन्।
रोजगार अनुमति प्रणाली (इपीएस) आवेदन फारम भर्न नपाएको भन्दै आक्रोशित युवाले गाडीमा आगजनी गरेका हुन्।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार आन्दोलित युवाहरुको समूहले मन्त्रीको गाडीमा आगजनी गरेको हो।
‘हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्याइएको छ,’ उनले भने।
ग्वार्कोस्थित इपीएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए।
ईपीएसको फारम भर्न गएका युवाले मन्त्रीको गाडीमा आगो लगाए [९ तस्बिर]


