काठमाडौँ- फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’का रुपमा मनाउने र सार्वजनिक बिदा दिने सरकारी निर्णय बदर गर्ने फैसला सर्वोच्च अदालतले गरेको छ।
न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले जनयुद्ध दिवसमा बिदा दिने निर्णय गैरकानुनी ठहर गरिदिएको हो।
द्वन्द्वकालमा पिता मारिएका माओवादी पीडित तथा अधिवक्ता रामेछापका ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले फागुन १ लाई जनयुद्ध दिवस मानेर सार्वजनिक बिदा दिने निर्णय बदर गरेको हो।
रिट निवेदकले माओवादीले युद्ध थालेको दिनलाई राष्ट्रिय दिवस मनाइँदा उनीहरुबाट मारिएका हजारौं द्वन्द्वपीडित र तीनका परिवारमाथि अन्याय हुने भन्दै खारेजीको माग गर्दै २०८० असोजमा रिट दायर गरेका थिए।
सर्वोच्चको यो फैसलासगै प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डको जनयुद्ध दिवसमा बिदा दिने निर्णय गैरकानुनी ठहर भएको छ। अब उक्त निर्णय कार्यान्वयन हुने छैन।


