काठमाडौँ – नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज धनगढी एफसी र ललितपुर सिटी एफसीबिच प्रतिस्पर्धा हुने भएको छ। खेल दशरथ रंगशालामा साँझ साँढे ५ बजे सुरु हुनेछ।
धनगढी एफसी लिग चरणमा दोस्रो हुँदै पहिलो क्वालिफायरमा पुगेको थियो। पहिलो क्वालिफायरमा उसले पोखरा थन्डर्स एफसीमाथि पेनाल्टीमा सनसनीपूर्ण जित हात पारेको थियो।
ललितपुर एफसीले इलिमिनेटरमा काठमाडौँ रेजर्स एफसीलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। दोस्रो क्वालिफायरमा उसले पनि पोखरा थन्डर्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।
गत मंसिर ८ गतेबाट सुरू भएको दोस्रो नेपाल सुपर लिग (एनएसएल)मा कुल ४० खेल खेलिएको छ। एनएसएलको उद्घाटन खेलमा साबिक विजेता काठमाडौं रेजर्सले नवप्रवेशी टोली स्पोर्टिङ इलाम खेलेका थिए।
