काठमाडौँ- शुक्रबार बालकुमारीमा भएको प्रदर्शनमा २ जनाको मृत्यु भएको घटनालाई लिएर बालुवाटारमा उच्चस्तरीय बैठक बसिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बैठक बसेको हो।
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा गठबन्धन दलका मुख्य नेतृत्वहरू, उपप्रधानमन्त्रीहरू, सरकारका उच्चपदस्थ कर्मचारी र सुरक्षा प्रमुखहरूको संलग्नता रहेको छ।
प्रधानमन्त्री प्रचण्डले हिजो नै यो घटनाप्रति गहिरो दुख व्यक्त गर्दै घटनाका विषयमा सत्य तथ्य छानबिन गर्न निर्देशन दिइसकेको स्वकीय सचिव मल्लले बताए।
घटनामा प्रहरी संवेदनशील नदेखिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।


