काठमाडौं- सलमान खानको मुख्य भूमिका रहने फिल्म ‘किक २’को घोषणा भएको लामो समय भइसकेको छ। यो फिल्ममा सलमानसँगै ज्याकलिन फर्नान्डेज देखिनेछिन्। घोषणा भएपनि फिल्मको काम भने अघि बढ्न सकेको थिएन। सलमानका फ्यान अहिले पनि नर्माण कम्पनीको आधिकारिक घोषणाको पर्खाइमा छन्।
पछिल्लो वर्ष देखि ‘किक २’का बारेमा निकै चर्चा भइरहेको थियो। फिल्मको निर्माणको काम चाँडै सुरु हुने बताइएको थियो। तर, फिल्म निर्माणको काम अघि बढ्न सकेको थिएन। २०२३ सकिन लाग्दा चर्चा सुरु भएको छ-यो फिल्म निर्माणको काम चाँडै सुरु हुनेछ। अब निर्माताले पनि यसको संकेत गरेका छन्।
‘किक २’को स्क्रिप्टको काम तयार भइसकेको छ। फिल्म छायंकनका लागि तयारी हालतमा छ। शनिवार भने नाडियाडवाला ग्रेन्डन एन्टरटेनमेन्टले आधिकारिक एक्स ह्यान्डलमा यसबारे जानकारी दिइएको छ। २०२४ मा ‘किक-२’ स्टार्ट गर्ने संकेत उक्त पोस्टमा गरिएको छ।
सलमानले हालै एक अन्तर्वार्तामा उनको पाइपलाइनमा ‘किक २’, ‘दबंग ४’, र सुरज भडजात्याको फिल्म रहेको बताएका थिए। यद्यपी सलमानको आगामी फिल्म भने ‘द बुल’ हो। यो फिल्मलाई विष्णु वर्धनले निर्देशन गर्नेछन्। फिल्मको शुभ मुहुर्त शुक्रबार भइसकेको छ। यो फिल्मलाई करण जोहरले निर्माण गर्नेछन्।
‘किक’ २०१४ मा रिलिज भएको एक्सन कमेडी फिल्म हो। यो फिल्म ब्लकबस्टर बनेको थियो। साजिन नाडियाडवालाले निर्देशन गरेको यो फिल्मले विश्वभरबाट ३७८ करोड कमाएको थियो। ‘किक’ सन् २०१४ मा सबैभन्दा धेरै कमाउने फिल्म मध्येको एक थियो।
‘Kick’ nahi toh zindagi adhoori, aur ‘Devil’ se bachke rehna hain toh yeh post like karna hain zaroori 💥😎 #SajidNadiadwala #Kick@BeingSalmanKhan @Nawazuddin_S@WardaNadiadwala#NGEMovies #NGECharacters #2024Resolution pic.twitter.com/bCmCZ4fM2t
— Nadiadwala Grandson (@NGEMovies) December 30, 2023


