काठमाडौं- नेपाली कांग्रेसले भ्रातृ संस्थाको म्याद फेरी थपेको छ।
गत बिहीबारदेखि शनिबारसम्म बसेको केन्द्रीय समितिको बैठकले ६ महिना म्याद थप्ने निर्णय गरेको हो।
म्याद थप भएका भातृसंस्थामा नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान संघ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र नेपाल लोकतान्त्रिक खेलकूद संघ छन्।
कांग्रेसका यी भातृसंस्थाले लामो समयदेखि नियमित महाधिवेशन गर्न सकेका छैनन्।
पछिल्लो पटक नेविसंघ र तरुण दलको २०७२ सालमा र महिला संघले २०७३ सालमा महाधिवेशन गरेका थिए।
