काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले राजनीतिक व्यक्तिमा नैतिकता र संस्कार चाहिने बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाल प्रजातन्त्र सेनानी सङ्घ बागमती प्रदेशस्तरीय भेला २०८० मा डा कोइरालाले कांग्रेस सुदृढ बनाउन राष्ट्रियता, प्रजातन्त्र र समाजवाद तीनवटा शब्द बिपी कोइरालाले दिएर गएको बताए।
‘कांग्रेस विगतमा किन बलियो थियो र क्रमशः किन कमजोर हुँदैछ ? तपाईंहरूले पार्टीलाई सल्लाह, सुझाव र प्रतिक्रिया दिनुपर्छ। पार्टीभित्र विगतमा भएका असल अभ्यास र अहिलेका नराम्रा कुराका सकारात्मक आलोचना गनुपर्छ,’ डा कोइरालाले भन्नुभयो ।
कांग्रेस सहमहामन्त्री डिना उपाध्यायले पुराना नेताहरुको अभिलेख पार्टीले राख्नुपर्ने बताइन्। उनले मुलुकका लागि महत्त्वपूर्ण योगदान पु¥याएका नेताहरूको अभिलेख राख्ने र विगतमा गरेका कामका आधारमा न्याय दिनुनपर्ने तर्क गरिन्।
सङ्घका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले सेनानीहरुको परिचयपत्र नेपाल सरकारले दिनुपर्ने बताए। सेनानीले विगतको राजनीतिमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउँदै उनले त्यस्ता व्यक्तिहरुको सम्मान पार्टीले गर्नुपर्ने धारणा राखे।


