ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना भएको छ। सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा भएको उक्त दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।
बा २ ख ६५९६ नम्बरको बस सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको थियो । बसलाई क्रेनले निकाल्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेलाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ ।
