२०८३ साउन १३ गते बुधबार

संसदमा शान्ति प्रक्रियादेखि भ्रष्टाचार न्यूनीकरणसम्मका मुद्दामा बहस

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २७
Rastriya_Sabha parliament
राष्ट्रिय सभा। फाइल तस्बिर।

काठमाडौं – राष्ट्रियसभामा शान्ति प्रक्रिया, सामुदायिक वन, मल, आर्थिक सङ्कट, न्यूनतम साझा कार्यक्रम, लैङ्गिक मुद्दा, निर्वाचन क्षेत्र र मतदाताबीचको तादम्यताको विषयले छलफलका लागि प्रवेश पाएको छ।

राष्ट्रियसभाको आजको बैठकमा सहभागी वक्ताले घाइते प्रहरीको उपचार, सीमा क्षेत्रमा भइरहेको लुटपाट, शान्ति सम्झौता, देशको अनुदान र ऋण, सुशासन, भ्रष्टाचार नियन्त्रणजस्ता विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

सभाका महेशकुमार महराले सहायक हवल्दार हर्क विष्ट कामका सिलसिलामा घाइते हुँदा पनि राज्यबाट उपचार नपाएर अस्पतालमा अप्ठ्यारो स्थितिमा उपचार गरिरहेको भनी सदनमार्फत् सरकारको ध्यानाकर्षण गराए।

उनले राज्य सबैको अभिभावक भएकाले कसैप्रति लाखा र पाखाको व्यवहार नगरी सबै जनताप्रति समान व्यवहार र उत्तरदायी हुन सरकारलाई सुझाव दिए। सदस्य महराले सङ्क्रमणकालीन न्याय निरुपण र शान्ति सम्झौतामा उल्लेखित विषय टुङ्ग्याउने कार्यलाई उच्च प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराए।

सभाका सदस्य दिलकुमारी थापाले व्यवस्था बदलिए पनि समाजमा कतिपय घटनामा सोच र व्यवहार रुपान्तरण गर्न निकै कठिनाइ देखिएकाले त्यसमा सुधारको खाँचो औँल्याएका छन्। किसानका उत्पादनको बजार र समयमै बीउबिजन र मलखादको व्यवस्था नहुँदा निरासा उत्पन्न भएको बताउँदै उनले महिलाको नेतृत्व विकास र सशक्तीकरणमा सामुदायिक वनको ठूलो महत्व रहेकाले त्यसलाई खुम्च्याउने काम नगर्न सुझाव दिए।

सभाका सदस्य जीतेन्द्र नारायणले मुलुकको आर्थिक अवस्था कमजोर रहेकाले आर्थिक अराजकस्थितिले राजनीतिक दुर्घटना निम्तिन सक्ने अवस्थाप्रति समयमै सचेत रहन सबै राजनीतिक दल र सरकारको ध्यानाकर्षण गराए।

उनले पछिल्ला वर्षमा दातृ निकायले दिने अनुदान सहयोग घट्ने र मुलुकको ऋण भार बढ्ने अवस्थामा रहेकाले अब आउने बजेट कृषि र जलस्रोत क्षेत्रजस्ता उत्पादन क्षेत्रमा केन्द्रित गर्न सुझाव दिए।

सदस्य उदयबहादुर बोहराले सरकारले अघि सारेको नीति र कार्यक्रममार्फत् सङ्घीयता र गणतन्त्रलाई प्राथमिकता गर्दै प्रतिनिधिसभाको कार्यकालको सुनिश्चिता गरेको बताए।

नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा मुलुकका कतिपय नेताका छोरा संलग्न रहेको अवस्थाले अप्ठ्यारो स्थिति सिर्जना गरेको बताउँदै उनले त्यसमा संलग्न जो कोही भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। सदस्य भुवनबहादुर सुनारले अहिले देखिएको अराजकताले मुलुकलाई कता लैजान खोजेको भनी प्रश्न गरे। उनले भने, ‘राज्यले यो अवस्थालाई नियन्त्रणमा लिनुपर्छ, मिडिया काउन्सिलले यसलाई समयमै नियन्त्रण गरिनुपर्छ, युट्युबले केही व्यक्तिलाई उचाल्ने काम भएको छ।’

डा विमला राई पौड्यालले मिटरब्याज पीडितले काठमाडौँ आएर सांसद र सरकारलाई भेट गरी माग प्रस्तुत गरिएको अवस्थामा अब उनको माग के भयो भन्नेबारेमा सदनलाई जानकारी गराउन अनुरोध गरेकी छन्।

उनले लैङ्गिक समानताका बारेमा संविधानमै स्पष्ट व्यवस्था भए तापनि कर्मचारीको त्यसमा बेवास्ताले उनीहरुलाई त्यसको महत्व र प्रभावबारे अध्ययन गराउन आवश्यक रहेको बताए।

राष्ट्रिय सभा सदस्य डा खिमलाल देवकोटा निर्वाचन क्षेत्र र सांसदको सङ्ख्या घटाउन सकिएको खण्डमा हालको व्यवस्था र शासन प्रणालीले स्थायित्व प्राप्त गर्न सक्ने बताए। उनले भने, ‘जनसङ्ख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र तय गर्नुपर्नेमा विगतमा त्यो हुन सकेन, काठमाडौँलगायत सहरी क्षेत्रमा बसोबास बाक्लो भए पनि मतदानका लागि स्थायी ठेगानामा जानुपर्ने बाध्यतालाई हटाइनुपर्छ।’

सभाका सदस्य रामचन्द्र राईले सदन चलिरहेका बेला सरकारका न्यूनतम साझा कार्यक्रम सदन बाहिर किन प्रस्तुत गरियो भनी प्रश्न गर्दै सदनमै यस्ता कार्यक्रम ल्याउनुपर्ने उसको दायित्व भएको बताए। उनले भने, ‘सरकारले पूर्णता कहिले पाउने हो, जनताले चाहेअनुरुप सरकारले काम गर्नुपर्छ, त्यो भएको छैन, राष्ट्रिय सहमतिको सरकार गठन र व्यक्ति विशेषलाई पदमा पुर्‍याउन होइन, भ्रष्टाचार न्यूनीकरण र सुशासनका लागि हुनुपर्छ।’

सभाका अर्का सदस्य दुर्गा गुरुङले मुलुक कृषिप्रधान भनिए पनि कृषिजन्य सामग्री विदेशबाटै आयत गर्नुपर्ने अवस्था भएको हुँदा यस क्षेत्रलाई सम्मानित तुल्याउँदै आकर्षक कार्यक्रम ल्याउन जरुरी रहेको छ बताएका छन्। सभाका सदस्य तारामान स्वाँरले संविधानको मर्म र भावनाअनुरुप सरकार र सबै राजनीतिक दल चल्नुपर्ने धारणा राखेका छन्। उनले नेपाली नागरिकले भारतको विभिन्न स्थानमा दुःखकष्ट गरेर ल्याएको रकम सीमा क्षेत्रमा लुटिने अवस्था अन्त्य गर्न प्रभावकारी पहलको आवश्यकता औँल्याए।

प्रकाशित: २०७९ चैत २७ गते सोमबार ०३:३०
प्रतिक्रिया

थप समाचार

विधेयक रोकेर नराख्ने हो भने अध्यादेश सायदै आउँछन्

अध्यादेशको विरोध गर्नुभन्दा त्यसलाई कसरी जनमुखी बनाउन सकिन्छ भन्नेमा प्रतिपक्षी सांसदहरुले सुझाव दिन सक्छन्।

सत्तारुढ दलको बैठकमा प्रधानमन्त्रीले भने- संसद्लाई बिजनेसको अभाव हुँदैन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई बिजनेसको अभाव हुन नदिन दल र सांसद्हरूको प्रभावकारी भूमिका आवश्यक पर्ने बताएका छन्। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको...

माघमा ७ दिन संसद बैठक बस्ने, १८ गते नै अध्यादेश पेस गर्ने तयारी

काठमाडौँ- माघ १८ गते सुरु हुने संसदको हिउँदे अधिवेशनका लागि माघ महिनाको क्यालेन्डर तय गरिएको छ। संघीय संसद् सचिवालयले माघ महिनाको क्यालेन्डर तयार पारेको हो। माघ महिनाका लागि संसदको क्यालेन्डर...

संसद चल्न नदिने अडानबाट पछि हट्यो माओवादी

काठमाडौँ-  'माओवादी हिंसा' संसदको रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने निर्णयबाट नेकपा (माओवादी केन्द्र) पछि हटेको छ। भदौ २६ गतेदेखि लगातार बैठकमा अवरोध गर्दै आएको माओवादी सोमबारको...

सुस्त संसद् : ३ वटा विधेयक पारित गरेर सकियो हिउँदे अधिवेशन [पूर्णपाठ]

काठमाडौँ- संघीय संसदअन्तर्गत प्रतिनिधि सभाले हिउँदे अधिवेशनमा तीन वटा विधेयक पारित गरेको छ। सभामुख देवराज घिमिरेले अधिवेशनले गरेका कामको विवरण पेस गर्दै तीन विधेयक पारित भएको जानकारी दिएका...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना