२०८३ कार्तिक १२ गते बुधबार

संसदमा शान्ति प्रक्रियादेखि भ्रष्टाचार न्यूनीकरणसम्मका मुद्दामा बहस

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २७
Rastriya_Sabha parliament
राष्ट्रिय सभा। फाइल तस्बिर।

काठमाडौं – राष्ट्रियसभामा शान्ति प्रक्रिया, सामुदायिक वन, मल, आर्थिक सङ्कट, न्यूनतम साझा कार्यक्रम, लैङ्गिक मुद्दा, निर्वाचन क्षेत्र र मतदाताबीचको तादम्यताको विषयले छलफलका लागि प्रवेश पाएको छ।

राष्ट्रियसभाको आजको बैठकमा सहभागी वक्ताले घाइते प्रहरीको उपचार, सीमा क्षेत्रमा भइरहेको लुटपाट, शान्ति सम्झौता, देशको अनुदान र ऋण, सुशासन, भ्रष्टाचार नियन्त्रणजस्ता विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

सभाका महेशकुमार महराले सहायक हवल्दार हर्क विष्ट कामका सिलसिलामा घाइते हुँदा पनि राज्यबाट उपचार नपाएर अस्पतालमा अप्ठ्यारो स्थितिमा उपचार गरिरहेको भनी सदनमार्फत् सरकारको ध्यानाकर्षण गराए।

उनले राज्य सबैको अभिभावक भएकाले कसैप्रति लाखा र पाखाको व्यवहार नगरी सबै जनताप्रति समान व्यवहार र उत्तरदायी हुन सरकारलाई सुझाव दिए। सदस्य महराले सङ्क्रमणकालीन न्याय निरुपण र शान्ति सम्झौतामा उल्लेखित विषय टुङ्ग्याउने कार्यलाई उच्च प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराए।

सभाका सदस्य दिलकुमारी थापाले व्यवस्था बदलिए पनि समाजमा कतिपय घटनामा सोच र व्यवहार रुपान्तरण गर्न निकै कठिनाइ देखिएकाले त्यसमा सुधारको खाँचो औँल्याएका छन्। किसानका उत्पादनको बजार र समयमै बीउबिजन र मलखादको व्यवस्था नहुँदा निरासा उत्पन्न भएको बताउँदै उनले महिलाको नेतृत्व विकास र सशक्तीकरणमा सामुदायिक वनको ठूलो महत्व रहेकाले त्यसलाई खुम्च्याउने काम नगर्न सुझाव दिए।

सभाका सदस्य जीतेन्द्र नारायणले मुलुकको आर्थिक अवस्था कमजोर रहेकाले आर्थिक अराजकस्थितिले राजनीतिक दुर्घटना निम्तिन सक्ने अवस्थाप्रति समयमै सचेत रहन सबै राजनीतिक दल र सरकारको ध्यानाकर्षण गराए।

उनले पछिल्ला वर्षमा दातृ निकायले दिने अनुदान सहयोग घट्ने र मुलुकको ऋण भार बढ्ने अवस्थामा रहेकाले अब आउने बजेट कृषि र जलस्रोत क्षेत्रजस्ता उत्पादन क्षेत्रमा केन्द्रित गर्न सुझाव दिए।

सदस्य उदयबहादुर बोहराले सरकारले अघि सारेको नीति र कार्यक्रममार्फत् सङ्घीयता र गणतन्त्रलाई प्राथमिकता गर्दै प्रतिनिधिसभाको कार्यकालको सुनिश्चिता गरेको बताए।

नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा मुलुकका कतिपय नेताका छोरा संलग्न रहेको अवस्थाले अप्ठ्यारो स्थिति सिर्जना गरेको बताउँदै उनले त्यसमा संलग्न जो कोही भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। सदस्य भुवनबहादुर सुनारले अहिले देखिएको अराजकताले मुलुकलाई कता लैजान खोजेको भनी प्रश्न गरे। उनले भने, ‘राज्यले यो अवस्थालाई नियन्त्रणमा लिनुपर्छ, मिडिया काउन्सिलले यसलाई समयमै नियन्त्रण गरिनुपर्छ, युट्युबले केही व्यक्तिलाई उचाल्ने काम भएको छ।’

डा विमला राई पौड्यालले मिटरब्याज पीडितले काठमाडौँ आएर सांसद र सरकारलाई भेट गरी माग प्रस्तुत गरिएको अवस्थामा अब उनको माग के भयो भन्नेबारेमा सदनलाई जानकारी गराउन अनुरोध गरेकी छन्।

उनले लैङ्गिक समानताका बारेमा संविधानमै स्पष्ट व्यवस्था भए तापनि कर्मचारीको त्यसमा बेवास्ताले उनीहरुलाई त्यसको महत्व र प्रभावबारे अध्ययन गराउन आवश्यक रहेको बताए।

राष्ट्रिय सभा सदस्य डा खिमलाल देवकोटा निर्वाचन क्षेत्र र सांसदको सङ्ख्या घटाउन सकिएको खण्डमा हालको व्यवस्था र शासन प्रणालीले स्थायित्व प्राप्त गर्न सक्ने बताए। उनले भने, ‘जनसङ्ख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र तय गर्नुपर्नेमा विगतमा त्यो हुन सकेन, काठमाडौँलगायत सहरी क्षेत्रमा बसोबास बाक्लो भए पनि मतदानका लागि स्थायी ठेगानामा जानुपर्ने बाध्यतालाई हटाइनुपर्छ।’

सभाका सदस्य रामचन्द्र राईले सदन चलिरहेका बेला सरकारका न्यूनतम साझा कार्यक्रम सदन बाहिर किन प्रस्तुत गरियो भनी प्रश्न गर्दै सदनमै यस्ता कार्यक्रम ल्याउनुपर्ने उसको दायित्व भएको बताए। उनले भने, ‘सरकारले पूर्णता कहिले पाउने हो, जनताले चाहेअनुरुप सरकारले काम गर्नुपर्छ, त्यो भएको छैन, राष्ट्रिय सहमतिको सरकार गठन र व्यक्ति विशेषलाई पदमा पुर्‍याउन होइन, भ्रष्टाचार न्यूनीकरण र सुशासनका लागि हुनुपर्छ।’

सभाका अर्का सदस्य दुर्गा गुरुङले मुलुक कृषिप्रधान भनिए पनि कृषिजन्य सामग्री विदेशबाटै आयत गर्नुपर्ने अवस्था भएको हुँदा यस क्षेत्रलाई सम्मानित तुल्याउँदै आकर्षक कार्यक्रम ल्याउन जरुरी रहेको छ बताएका छन्। सभाका सदस्य तारामान स्वाँरले संविधानको मर्म र भावनाअनुरुप सरकार र सबै राजनीतिक दल चल्नुपर्ने धारणा राखेका छन्। उनले नेपाली नागरिकले भारतको विभिन्न स्थानमा दुःखकष्ट गरेर ल्याएको रकम सीमा क्षेत्रमा लुटिने अवस्था अन्त्य गर्न प्रभावकारी पहलको आवश्यकता औँल्याए।

प्रकाशित: २०७९ चैत २७ गते सोमबार ०३:३०
प्रतिक्रिया

थप समाचार

विधेयक रोकेर नराख्ने हो भने अध्यादेश सायदै आउँछन्

अध्यादेशको विरोध गर्नुभन्दा त्यसलाई कसरी जनमुखी बनाउन सकिन्छ भन्नेमा प्रतिपक्षी सांसदहरुले सुझाव दिन सक्छन्।

सत्तारुढ दलको बैठकमा प्रधानमन्त्रीले भने- संसद्लाई बिजनेसको अभाव हुँदैन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई बिजनेसको अभाव हुन नदिन दल र सांसद्हरूको प्रभावकारी भूमिका आवश्यक पर्ने बताएका छन्। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको...

माघमा ७ दिन संसद बैठक बस्ने, १८ गते नै अध्यादेश पेस गर्ने तयारी

काठमाडौँ- माघ १८ गते सुरु हुने संसदको हिउँदे अधिवेशनका लागि माघ महिनाको क्यालेन्डर तय गरिएको छ। संघीय संसद् सचिवालयले माघ महिनाको क्यालेन्डर तयार पारेको हो। माघ महिनाका लागि संसदको क्यालेन्डर...

संसद चल्न नदिने अडानबाट पछि हट्यो माओवादी

काठमाडौँ-  'माओवादी हिंसा' संसदको रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने निर्णयबाट नेकपा (माओवादी केन्द्र) पछि हटेको छ। भदौ २६ गतेदेखि लगातार बैठकमा अवरोध गर्दै आएको माओवादी सोमबारको...

सुस्त संसद् : ३ वटा विधेयक पारित गरेर सकियो हिउँदे अधिवेशन [पूर्णपाठ]

काठमाडौँ- संघीय संसदअन्तर्गत प्रतिनिधि सभाले हिउँदे अधिवेशनमा तीन वटा विधेयक पारित गरेको छ। सभामुख देवराज घिमिरेले अधिवेशनले गरेका कामको विवरण पेस गर्दै तीन विधेयक पारित भएको जानकारी दिएका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना