काठमाडौँ- संघीय संसदअन्तर्गत प्रतिनिधि सभाले हिउँदे अधिवेशनमा तीन वटा विधेयक पारित गरेको छ।
सभामुख देवराज घिमिरेले अधिवेशनले गरेका कामको विवरण पेस गर्दै तीन विधेयक पारित भएको जानकारी दिएका हुन्।
यो अधिवेशनमा २३ दिन बैठक बसेको उनले जानकारी दिए।
२०८० माघ २२ गतेबाट प्रारम्भ भएको उक्त अधिवेशनमा ८१ घण्टा ५५ मिनेट बैठक भएको उनले बताए।
अधिवेशनमा ५ वटा सरकारी विधेयक दर्ता भए।

प्रतिनिधि सभामा कांग्रेसको विरोध।
राष्ट्रियसभामा उत्पति भएका ३ वटा सरकारी र एउटा गैरसरकारी विधेयकमध्ये एउटाको सामान्य छलफल सकिएको उनको भनाइ छ।
सभाको पहिलो र दोस्रो अधिवेशनमा राष्ट्रिय सभाबाट प्राप्त ८ वटा विधेयकमध्ये २ वटा पारित भएको र ६ वटा समितिमा विचाराधीन रहेको जानकारी गराइयो।
अधिवेशन आइतबार राति १२ बजेबाट अन्त्य हुँदैछ।
सभामुखबाट जानकारी गराइएको हिउँदे अधिवेशनको कामकारबाहीको संक्षिप्त विवरण-


