काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट आफ्नो पार्टीले १ सिट पाउने बताएका छन्। धनगढीमा पत्रकारसँग कुरा गर्दै चौधरीले सत्तारुढ गठबन्धनभित्र भइसकेको र पुस २१ गते बस्ने सत्तारुढ गठबन्धनको बैठकले निर्णय गर्ने बताए।
राष्ट्रिय सभामा १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही पुस २२ गते मनोनयन दर्ता हुँदैछ। त्यसअघि नै सत्ता गठबन्धनबीच समझदारी कायम गर्न शीर्ष नेताहरुबीच छलफल हुँदै आएको छ।
यही पुस २६, २७ र २८ गते टीकापुरमा हुने पार्टीको प्रथम महाधिवेशनबारे जानकारी दिन चौधरीले पत्रकार सम्मेलन गरेका थिए। उनले दिएको जानकारी अनुसार नाउपाको महाधिवेशनको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट गराउने तयारी छ।


