२०८३ कार्तिक १२ गते बुधबार

काठमाडौँ आउँदै भारतीय विदेशमन्त्री, यी हुन् छलफलका एजेन्डा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १८
s jayshankar

काठमाडौँ- भारतका विदेशमन्त्री एस जयशंकर भोलि काठमाडौं आउने भएका छन्। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै जयशंकरको नेपाल भ्रमणबारे औपचारिक जानकारी दिएको हो।

बिहीबार र शुक्रबार नेपाल र भारतबीच सातौं संयुक्त आयोगको बैठक बस्दैछ। त्यसैको सिलसिलामा उनी काठमाडौं आउन लागेका हुन्।

आयोगले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धसँगै विभिन्न आपसी सहर्कायका क्षेत्रबारे चर्चा गर्नेछ। परराष्ट्र मन्त्री एनपी साउद र जयशंकरको उपस्थितिमा नेपाल भारत प्रशारण लाइनको सुरुवात हुने बताइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा विद्युतबारे भएको सहमतिलाई कार्यान्वयन पनि आयोगको बैठकले गर्ने जनाइएको छ।

नेपाल बसाइका क्रममा जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै शिष्टाचार भेट गर्नेछन्। जयशंकर शुक्रबार नै नयाँ दिल्ली फर्किनेछन्। परराष्ट्रमन्त्रीस्तरीय आयोग दुई मुलुकबीचको सबैभन्दा माथिल्लो तहको संयन्त्र हो।

प्रधानमन्त्रीको तहपछि नेपाल–भारतबीचको सबैभन्दा महत्त्वपूर्ण बैठकका रूपमा आयोगको बैठकलाई मानिन्छ। बैठकको तयारीका लागि परराष्ट्र मन्त्रालयको दक्षिण एसियाली महाशाखाले अन्य मन्त्रालयसँग सहकार्य गरेर काम गरिरहेको छ। साथै, काठमाडौंस्थित भारतीय दूतावास र नयाँदिल्लीस्थित नेपाली दूतावासले पनि भ्रमणका एजेन्डाबारे गृहकार्य गरिरहेका छन्।

परराष्ट्र स्रोतका अनुसार बैठकमा ऊर्जा, नेपालमा भारतीय लगानीमा भइरहेको पूर्वाधारको अवस्था, द्विपक्षीय अन्य सहयोग र समझदारीबारे छलफल तथा हस्ताक्षर गर्ने तयारी छ।

यस पटक नेपालबाट भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् लैजाने सहमतिका लागि गृहकार्य भइरहेको छ। प्रधानमन्त्री दाहालले गत जेठ १७ देखि २० गतेसम्म भारत भ्रमण गरेका थिए। भ्रमणका क्रममा जेठ १८ मा दाहालसँगको द्विपक्षीय भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने घोषणा गरेका थिए। भारतको मन्त्रिपरिषद्ले मोदीको उक्त प्रस्तावलाई स्वीकृत गरेको थियो ।

आयोगको बैठक तीन वर्षपछि हुन लागेको हो। नेपालले बैठक गर्न भारतलाई आग्रह गर्दै आएको थियो। स्रोतका अनुसार भारतीय पक्षबाट आएको मितिमै यस पटक बैठक हुन लागेको हो। पछिल्लो पटक आयोगको छैटौं बैठक ०७७ को माघ १ र २ मा नयाँदिल्लीमा भएको थियो।

परराष्ट्र स्रोतका अनुसार यस पटक ऊर्जा सहकार्यबाहेक सीमा समस्याका विषयमा पनि छलफल हुनेछ। त्यस्तै पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

त्यसअघिको पाँचौं संयुक्त बैठकमा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन र नेपाल–भारतबीचको सन् १९५० मा भएको सन्धिबारे छलफल भएको थियो। त्यस बेला आयोगको बैठक ०७५ भदौमा भएको थियो ।

आयोगको चौथो बैठक ०७३ कात्तिकमा नयाँदिल्लीमा, तेस्रो बैठक ०७१ असारमा काठमाडौंमा र दोस्रो बैठक ०४८ मंसिरमा नयाँदिल्लीमा बसेको थियो। परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पहिलो बैठक सन् १९९१ को फेब्रुअरीमा बसेको थियो।

नेपाल–भारत द्विपक्षीय सम्बन्धका सम्पूर्ण विषयमा समीक्षा गर्न आयोगको गठन १९८७ मा भएको थियो।

प्रकाशित: २०८० पुस १८ गते बुधबार ०१:३०
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना