काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा एमालेलाई राष्ट्रियसभाको निर्वाचनमा सँगै लैजाने प्रधानमन्त्री र कांग्रेस सभापतिको ‘ग्रिन सिग्नल’ प्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमा उनले दलहरु काण्डबाट बच्नका लागि एमालेको साथ खोजेको आरोप लगाएका छन्।
कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरू अहिले एमालेसँग मिल्न थालेको आरोप उनले लगाएका छन्।
‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन्,’ उनले लेखेका छन्।
उनी अगाडि लेख्छन्, ‘कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ। अनि एमाले ?’
हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठवन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरु नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् । कारण स्पष्ट छः सत्ता गठवन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले ?
— Dr Shekhar Koirala (@Shekharnc) January 4, 2024
