काठमाडौँ- भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन्। नेपाल-भारत आयोगको सातौँ बैठकमा सहभागी हुन उनी नेपाल आएका हुन्।
उनलाई परराष्ट्रमन्त्री एनपी साउँदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।
नेपालमा २ दिनसम्म रहने मन्त्री जयशंकरले आजै बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई शीतल निवास पुगेर भेट गर्ने कार्यतालिका रहेको छ।
यस्तै १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा, १ बजे याक एण्ड यतिमा परराष्ट्रमन्त्री एनपी साउँदसँग भेट गर्नेछन् । यस्तै, सवा १ बजे याक एण्ड यतिमा नेपाल-भारत आयोगको सातौँ बैठकमा सहभागी हुनेछन्।
कांग्रेस सभापति शेरबहादुर देउवासँग ३ः ४० मा भेट गरेर साढे ४ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्य तालिका रहेको छ। उनी शुक्रबार स्वदेश फर्कने छन्।


