काठमाडौँ- नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ। बैठक आज दिउसो १ बजे बस्ने छ।
राष्ट्रिसभा र विधान संशोधन मस्यौदालगायतको विषयमा छलफल गर्न बैठक बोलाइएको हो। बैठकमा गठबन्धनबाट पार्टीले पाउने सीटको विषयमा छलफल हुने जनाइएको छ।
कांग्रेस र माओवादीले राष्ट्रियसभामा एमालेलाई पनि समेटेर लाने प्रयास गरेपछि नेकपा एसका अध्यक्ष माधव नेपालले असन्तुष्टि जनाएका छन्।
आगामी माघ ११ गते हुने निर्वाचनको लागि पुस २३ गते उम्मेदवारी दर्ता हुँदैछ। गठबन्धनभित्र भागबन्डाको कुरा नटुंगिएपछि दलहरु आन्तरिक छलफलमा छन्।
