काठमाडौं- राष्ट्रियसभाको निर्वाचनमा सत्ताधारी गठबन्धनले उपेक्षा गरेको भन्दै जनमत पार्टीले असन्तुष्टि जनाएको छ। सरकारमा सहभागी भएर पनि राष्ट्रियसभामा भाग दिइएको गुनासो जनमतको छ। जनमतले राष्ट्रियसभामा १ सिट दाबी गरेको थियो। तर, सत्ताधारी गठबन्धनले जनमतका लागि सिट छुट्टाएको छैन।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाली कांग्रेसलाई १०, माओवादी केन्द्रलाई ६, एकीकृत समाजवादीले दुई तथा जसपाले एक सिट दिने गरी सहमति भएको छ।
सत्ता गठबन्धनले जनमत पार्टीलाई उपेक्षा गरेको प्रवक्ता डा. शरदसिंह यादवले बताए। उनले गठबन्धनले उपेक्षा गरेपछि पार्टीको बैठक बसेर कसरी अघि बढ्ने भन्ने बारे निर्णय गर्ने बताए।
