काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र महामन्त्री गगन थापा समूहको बैठक बसेको छ। राष्ट्रियसभा निर्वाचनका लागि सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि शेखर-गगन समूहको बैठक बसेको हो। विशालनगर स्थित शेखरको सम्पर्क कार्यालयमा यो समूहका नेताहरु छलफलमा जुटेका हुन्।
देउवासँग आइतबार दिउँसो शेखर र गगनले छलफल गरेका थिए। तर, देउवाले आफू अनुकूलका व्यक्तिहरुलाई ल्याउन पार्टीले बनाएको मापदण्डको ख्याल नगरेको भन्दै शेखर-गगन समूह असन्तुष्ट बनेको छ। शेखर–गगन समूहले आफ्नो समूहका चार जनाललाई उम्मेदवार बनाउनुपर्ने माग राखेको छ। तर देउवा तीन जनालाई मात्र उम्मेदवार बनाउन तयार देखिएका छन्।गठबन्धनका दलबाट कांग्रेसले १० उम्मेदवार राष्ट्रिय सभामा उठाउने भएको छ ।
कांग्रेसले आइतबार १ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको थियो। तर, दिउँसो १ बजेको बैठक अपरान्ह ४ बजेका लागि सारिएको छ ।


