काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)ले पूजा चौधरीलाई राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार बनाउने भएको छ।
राष्ट्रिय सभाका लागि गठबन्धनबाट एक सिट प्राप्त गरेको जसपाले रौतहटकी चौधरीलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिएको हो।
सोमबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिले यस्तो निर्णय गरेको हो।
२०७९ मा भएको चुनावमा उनी रौतहट-३ को प्रदेश सभा क्षेत्र (१) मा स्वतन्त्र उम्मेदवार केशव रायसँग पराजित भएकी थिइन्।
माघ ११ मा हुने राष्ट्रिय सभा चुनावका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ।
