काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारहरूको टुङ्गो लगाएको छ। पार्टी भित्रको असहमतिका बिच कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको हो।
उम्मेदवारको टुङ्गो लगाए पनि महामन्त्री गगनकुमार थापा लगायतका नेताहरूले असन्तुष्टि जनाएका छन्। थापाले लिखित असन्तुष्टि जनाएका हुन् भने अर्जुन नरसिंह केसी र बलबहादुर केसीले पनि असहमति जनाएका छन्।
कांग्रेसको इतर समूहबाट ४ जनाको दाबी गरिएता पनि भागबन्डा गरेपछि ३ जनामात्र समेटिएका छन्। आफूले माग गरे अनुसार नपाएपछि असन्तुष्टि जनाएको हुन सक्ने कांग्रेस संस्थापन पक्षका नेताको भनाइ छ।
नेपाली कांग्रेसले कोशी प्रदेशबाट कृष्ण प्रसाद सिटौला, मधेशमा आनन्द प्रसाद ढुंगाना, वाग्मतीमा विष्णु देवी पुडासैनी र जितजंग बस्नेत, गण्डकीमा किरण बाबु श्रेष्ठ र पदम बहादुर परियार, लुम्बिनीमा विष्णु देवी सापकोटा, कर्णालीमा प्रदेश
महामन्त्री कृष्ण रोकाया र सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहरालाई राष्ट्रिय सभा उम्मेदवारका लागि छनोट गरेको छ।
संस्थापन इतर पक्षबाट लुम्बिनीका विष्णु देवी सापकोटा र गण्डकीका किरण बाबु श्रेष्ठ र पदम बहादुर परियार रहेका छन्। १० जना उम्मेदवारमा संस्थापन पक्षबाट ७ जनाको उम्मेदवारी रहेको छ।



