२०८३ साउन १३ गते बुधबार

आफ्ना सांसद घुस प्रकरणमा मुछिएपछि रास्वपाले बोलायो बैठक

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २८
dhaka kumar

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनुशासन आयोगको बैठक बोलाएको छ। मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो। बैठकमा प्रतिनिधिसभा सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो टेपका छलफल हुनेछ।

पार्टी कार्यालय बसुन्धरामा बोलाइएको बैठकले श्रेष्ठबारे निर्णय गरी केन्द्रीय समितिलाई सिफारिस गर्ने बताइएको छ। एमाले, मा‌ओवादी, रास्वपा र राप्रपासहितले पुस १० गते बनाएको गठबन्धनमा रास्वपाले स्वास्थ्य मन्त्रालय पाउने भएको तर त्यसमा जानका लागि अढाई करोड रुपैयाँ पार्टीलाई बुझाउनुपर्ने भन्दै ढाकाले प्रसाईँसँग आग्रह गरेका थिए।

ढाकाको आग्रहपछि तत्कालै एक करोड रुपैयाँ क्यास दिने प्रसाईंले बताएको सार्वजनिक अडियोमा छ। बाँकी रकमका लागि एकदुई दिनभित्रको चेक पनि लिन सकिने ढाकाले बताएका छन्। ढाकाले घुस रकम मागे पनि आफूले उक्त रकम नदिएको प्रसाईंले दाबी गर्दै आएका छन्।

प्रसाईंसँग अढाई करोड घुस रकम माग गरेको अडियो आइतबार सार्वजनिक भएपछि रास्वपाले ढाकालाई रास्वपाले स्पष्टीकरण सोधेको थियो। ढाकाले सोमबार स्पष्टीकरण बुझाइसकेका छन्।

आफूलाई जोडेर आएको अडियो नक्कली भएको ढाकाको दाबी रहँदै आएको छ। अडियो सार्वजनिक भएलगत्तै आइतबार उनले एक विज्ञप्तिमार्फत आफूमाथि षड्यन्त्र भएको दाबी ढाकाले गरेका थिए। उनले यसविरुद्ध कानुनी उपचार खोज्ने जिकिर पनि गरेका थिए।

तर सोमबार उनै ढाकाका भाइ भन्ने व्यक्तिले उनै दुर्गा प्रसाईंसमेतलाई फोन गरी ढाकाको पार्टी सदस्यता पनि नरहने र सांसद पद पनि गुम्ने अवस्थामा पुगेकाले सकारात्मक माहोल बनाउन सहयोग गर्न आग्रह गरेको अर्को अडियो पनि सार्वजनिक भइसकेको छ। दुवै अडिओ कपुरबोट टिभीले सार्वजनिक गरेको हो।

आफूलाई ढाकाको भाइ बताउने व्यक्तिले ९८६०००..४६ नम्बरको मोबाइलबाट सुरुमा दुर्गाका सहयोगी यदु गौतमसँग कुराकानी गरेको सुन्न सकिन्छ। ढाकाका भाइ भनिएका ती व्यक्तिले ढाकाका पक्षमा बोलिदिन दुर्गा प्रसाईंलाई आग्रह गरिदिन भनेको कपुरबोटले सार्वजनिक गरेको अडियोमा सुन्न सकिन्छ।

सोमबार सार्वजनिक अडियोमा दुर्गा प्रसाईसँग पनि ती व्यक्तिले कुराकानी गरेका छन्। मन्त्री बन्नका लागि रकम माग गर्नु ढाकाको गल्ती नभएको बरु पार्टी/पार्टी सभापति रवि लामिछानेको गल्ती भएको प्रसाईंले ढाकाका भाइ भनिएका व्यक्तिसँग बताएको सुन्न सकिन्छ। ढाकाका तर्फबाट प्रसाईलाई फोन गर्ने व्यक्तिले ढाकाले दुर्गालाई भेट गर्न चाहेको बताएका छन्।

आइतबार ढाकाले दुर्गासँग अढाई करोड घुस दिनका लागि रकम माग गरेको अडिओ सार्वजनिक भएको थियो। लामिछानेले आइतबार बाराको गढीमाई मन्दिर नजिकैको चुनावी सभालाई सम्बोधन गर्दै आफूले ७२ घण्टाभित्र छानबिन गर्न निर्देशन दिएको र दुई घण्टा बितेकाले ७० घण्टाभित्रै छानबिन सक्ने बताएका थिए। छानबिन नभए आफूलाई गढीमाईमा नै बली चढाउनसमेत भनेका थिए।

प्रतिनिधि सभाको सोमबार (२७ चैत) को बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टीका सांसद रकम बार्गेनिङ प्रकरणमा मुछिएकोमा माफी मागेका थिए।

ढाकामाथि छानबिन गर्ने निर्णय गरेको पार्टीले उनलाई पार्टी र सांसद पदबाट निलम्बन गरेको छ। श्रेष्ठ समानुपातिकतर्फ बाट रास्वपाका सांसद बनेका हुन्। श्रेष्ठलाई रास्वपाले वैशाख १० गते हुने उपचुवाका लागि तनहुँ-१ मा खटाएको थियो। उक्त क्षेत्रमा रास्वपाका तर्फबाट डा स्वर्णिम वाग्ले उम्मेदवार छन्।

प्रकाशित: २०७९ चैत २८ गते मङ्गलबार ०८:३३
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना