२०८३ कार्तिक १२ गते बुधबार

आफ्ना सांसद घुस प्रकरणमा मुछिएपछि रास्वपाले बोलायो बैठक

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २८
dhaka kumar

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनुशासन आयोगको बैठक बोलाएको छ। मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो। बैठकमा प्रतिनिधिसभा सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो टेपका छलफल हुनेछ।

पार्टी कार्यालय बसुन्धरामा बोलाइएको बैठकले श्रेष्ठबारे निर्णय गरी केन्द्रीय समितिलाई सिफारिस गर्ने बताइएको छ। एमाले, मा‌ओवादी, रास्वपा र राप्रपासहितले पुस १० गते बनाएको गठबन्धनमा रास्वपाले स्वास्थ्य मन्त्रालय पाउने भएको तर त्यसमा जानका लागि अढाई करोड रुपैयाँ पार्टीलाई बुझाउनुपर्ने भन्दै ढाकाले प्रसाईँसँग आग्रह गरेका थिए।

ढाकाको आग्रहपछि तत्कालै एक करोड रुपैयाँ क्यास दिने प्रसाईंले बताएको सार्वजनिक अडियोमा छ। बाँकी रकमका लागि एकदुई दिनभित्रको चेक पनि लिन सकिने ढाकाले बताएका छन्। ढाकाले घुस रकम मागे पनि आफूले उक्त रकम नदिएको प्रसाईंले दाबी गर्दै आएका छन्।

प्रसाईंसँग अढाई करोड घुस रकम माग गरेको अडियो आइतबार सार्वजनिक भएपछि रास्वपाले ढाकालाई रास्वपाले स्पष्टीकरण सोधेको थियो। ढाकाले सोमबार स्पष्टीकरण बुझाइसकेका छन्।

आफूलाई जोडेर आएको अडियो नक्कली भएको ढाकाको दाबी रहँदै आएको छ। अडियो सार्वजनिक भएलगत्तै आइतबार उनले एक विज्ञप्तिमार्फत आफूमाथि षड्यन्त्र भएको दाबी ढाकाले गरेका थिए। उनले यसविरुद्ध कानुनी उपचार खोज्ने जिकिर पनि गरेका थिए।

तर सोमबार उनै ढाकाका भाइ भन्ने व्यक्तिले उनै दुर्गा प्रसाईंसमेतलाई फोन गरी ढाकाको पार्टी सदस्यता पनि नरहने र सांसद पद पनि गुम्ने अवस्थामा पुगेकाले सकारात्मक माहोल बनाउन सहयोग गर्न आग्रह गरेको अर्को अडियो पनि सार्वजनिक भइसकेको छ। दुवै अडिओ कपुरबोट टिभीले सार्वजनिक गरेको हो।

आफूलाई ढाकाको भाइ बताउने व्यक्तिले ९८६०००..४६ नम्बरको मोबाइलबाट सुरुमा दुर्गाका सहयोगी यदु गौतमसँग कुराकानी गरेको सुन्न सकिन्छ। ढाकाका भाइ भनिएका ती व्यक्तिले ढाकाका पक्षमा बोलिदिन दुर्गा प्रसाईंलाई आग्रह गरिदिन भनेको कपुरबोटले सार्वजनिक गरेको अडियोमा सुन्न सकिन्छ।

सोमबार सार्वजनिक अडियोमा दुर्गा प्रसाईसँग पनि ती व्यक्तिले कुराकानी गरेका छन्। मन्त्री बन्नका लागि रकम माग गर्नु ढाकाको गल्ती नभएको बरु पार्टी/पार्टी सभापति रवि लामिछानेको गल्ती भएको प्रसाईंले ढाकाका भाइ भनिएका व्यक्तिसँग बताएको सुन्न सकिन्छ। ढाकाका तर्फबाट प्रसाईलाई फोन गर्ने व्यक्तिले ढाकाले दुर्गालाई भेट गर्न चाहेको बताएका छन्।

आइतबार ढाकाले दुर्गासँग अढाई करोड घुस दिनका लागि रकम माग गरेको अडिओ सार्वजनिक भएको थियो। लामिछानेले आइतबार बाराको गढीमाई मन्दिर नजिकैको चुनावी सभालाई सम्बोधन गर्दै आफूले ७२ घण्टाभित्र छानबिन गर्न निर्देशन दिएको र दुई घण्टा बितेकाले ७० घण्टाभित्रै छानबिन सक्ने बताएका थिए। छानबिन नभए आफूलाई गढीमाईमा नै बली चढाउनसमेत भनेका थिए।

प्रतिनिधि सभाको सोमबार (२७ चैत) को बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टीका सांसद रकम बार्गेनिङ प्रकरणमा मुछिएकोमा माफी मागेका थिए।

ढाकामाथि छानबिन गर्ने निर्णय गरेको पार्टीले उनलाई पार्टी र सांसद पदबाट निलम्बन गरेको छ। श्रेष्ठ समानुपातिकतर्फ बाट रास्वपाका सांसद बनेका हुन्। श्रेष्ठलाई रास्वपाले वैशाख १० गते हुने उपचुवाका लागि तनहुँ-१ मा खटाएको थियो। उक्त क्षेत्रमा रास्वपाका तर्फबाट डा स्वर्णिम वाग्ले उम्मेदवार छन्।

प्रकाशित: २०७९ चैत २८ गते मङ्गलबार ०८:३३
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना