जनकपुरधाम- नेकपा एमालेले मधेश प्रदेशमा राष्ट्रिय सभामा विजाता झालाई उम्मेदवार बनाएको छ।
मधेश प्रदेशमा अन्यतर्फ डा. अर्जुन सिंहलाई उम्मेदवार बनाउने निर्णय भएपनि उनको नाम मतदाता नामावलीमा नभेटिएपछि झा उम्मेदवार बनेकी हुन्।
एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले राजुतको स्थानमा झाको उम्मेदवारी दर्ता गराइएको बताए।
यसअघि एमालेले महोत्तरीका डा. सिंह र पर्साकी उषादेवी थरुनीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
डा. सिंहको सट्टा झाको उम्मेदवारी लिएर एमाले नेताहरु निर्वाचन कार्यालय पुगेका थिए।


