काठमाडौं – स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लागिमा सोमबार राति सम्पन्न खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ। घरेलुु रंगशाला क्याम्प नोउमा सम्पन्न भएको खेलमा बार्सिलोनाले ११ औं स्थानको जिरोनासँग बराबरी खेलेको हो।
६० प्रतिसत समय बलमा नियन्त्रण बनाए पनि बार्सिलोनाले गोल गर्न सकेन। उसले विपक्षीको पोस्टतर्फ १८ प्रहार गरे पनि गोल गर्न नसकेको हो। यता जिरोनाले भने बार्सिलोनोको पोस्टको सही दिशामा एक पटक पनि प्रहार गर्न सकेन।
निकै अनुशासित खेलमा दुवै टिमले बराबरी खेलेका हुन्। बराबरीका बाबजुद बार्सिलोना शीर्षथानमा १३ अंकले अघि रहेको छ। दोस्रो स्थानको रियल मड्रिडको ५९ अंक हुँदा बार्सिलोनाको ७२ अंक रहेको छ।
