काठमाडौँ- राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारका विरुद्ध आज उजुरी हाल्न सकिने निर्वाचन आयोगले जानकारी दिएको छ।
निर्वाचन आयोगका अनुसार सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ।
राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार ७ प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका छन्। उनीहरूविरुद्ध परेको उजुरीको बुधबार र बिहीबार जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन गर्ने कार्यतालिका छ।
यही पुसको २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।
उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ। मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।
