काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट अलग भएको घोषणा गरेका छन्। जिल्ला अदालतले बलात्कार मुद्दामा ८ वर्षको कैद सजाए सुनेपछि उनले राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका हुन्।
उनले नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई बुधबार एक पत्र लेख्दै यसबारे जानकारी गराएको क्यान स्रोतले बताएको छ।
उनले जिल्लाको फैसलाविरुद्ध पुनरावेदन जान लागेको र त्यहाँबाट निर्दोष भएको खण्डमा पुनः क्रिकेटमा फर्किने बाचा पनि गरेका छन्। अदालतबाट निर्दोष प्रमाणित नहुन्जेलसम्म क्यानले राष्ट्रिय क्रिकेट टिमबाट म अलग्गिएको छु। म आशा गर्दछु कि क्यानले यो निर्णयलाई सहज रुपमा लिनेछ’, उनले भनेका छन्।
यसैबीच सन्दीप लामिछानेले आफू आर्थिक समस्यामा परेको भन्दै क्यानबाट रोकिएको भुक्तानी फुकुवा गरिदिन पनि आग्रह गरेका छन्। यस्तै कम खेलमा नै १०० विकेट लिने विश्व कीर्तिमान आफ्नो नाम बनेकामा खुसी व्यक्त गर्दै सन्दीपले कतिपय कठिन समयमा पनि देशका लागि खेलेको स्मरण गरेका छन्।


