टीकापुर- नागरिक उन्मुक्ति पार्टी (नाउपा)को पहिलो महाधिवेशन कैलालीको टीकापुरमा बिहीबारबाट सुरू हुँदै छ। तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ।
महाधिवेशनको उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुग्ने बताइएपनि उनी आउने सम्भावना कम रहेको बताइएको छ।
उद्घाटन सत्रमा सहभागी हुन नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल टीकापुर पुगिसकेका छन्। नेपाल समाजवादी पार्टी (नेकपा) का अध्यक्ष बाबुराम भट्टराई लगायतका नेताहरू पनि अधिवेशनका लागि आउने तयारी रहेको चौधरीले बताए।
महाधिवेशनका लागि ५२ जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी हुने नाउपाको भनाइ छ। नेता लक्ष्मणकिशोर चौधरीका अनुसार महाधिवेशनले ३९ जना पदाधिकारीसहित २४६ जनाको केन्द्रीय समिति चयन गर्नेछ।
महाधिवेशनबाट निर्वाचित हुनेभन्दा बढी केन्द्रीय सदस्य मनोनित गर्ने तयारी छ। २५५ जना केन्द्रीय सदस्य मनोनित गरिने बताइएको छ।


