काठमाडौँ- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘एमडीआरटी’ अचिभर्स अवार्ड,२०२४ सम्पन्न गरेको छ। पुस २३ गते हायात रिजेन्सी काठमाडौँमा अवार्ड कार्यक्रम सम्पन्न गरिएको हो।
सन् २०२३ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्ममा ‘एमडीआरटी २०२४’ का लागि योग्य ११६ जना अभिकर्तालाई सम्मानित गरिएको हो।
पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवाल, सञ्चालक विमल प्रसाद ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीले वर्ष सकिएको आठ दिन भित्र नै भव्य कार्यक्रम आयोजना गर्न पाउँदा मन हर्षित भएको बताए।
