२०८३ कार्तिक २३ गते आईतबार

खोटाङको दुवै इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २७
sfsf

खोटाङ- गृह मन्त्रालयले कर्मचारी व्यवस्थापन नगरिदिँदा इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध भएको छ। इलाका प्रशासन कार्यालय ऐँसेलुखर्कका गत मङ्सिर १८ गतेदेखि र इलाका प्रशासन कार्यालय खोटाङबजारको सेवा यही पुस २४ गतेदेखि पूर्णरुपमा अवरुद्ध भएको हो। 

अहिले दुवै इलाका प्रशासन कार्यालयमा नागरिकता वितरण, दलित जनजाति प्रमाणीकरण एवम् सिफारिस, नाबालक परिचयपत्र प्रदानलगायत सम्पूर्ण प्रशासनिक सेवा रोकिएका छन्। ऐँसेलुखर्कका नायब सुब्बा राजेन्द्र भुर्तेलको कामु शाखा अधिकृत अवधि मङ्सिर १७ गते सकिएपछि दैनिक सेवा प्रभावित भएको हो।

इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध हुँदा गाउँपालिकाका सातैवटा वडाका नागरिक डेढ महिनादेखि  समस्यामा परेको गाउँपालिकाका प्रमुख गिरेन्द्रबहादुर राईले जानकारी दिए। इलाका प्रशासन कार्यालय ऐँसेलुखर्कबाट नागरिकता सिफारिस लगायत प्रशासनिक सेवा रोकिएपछि प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले ऐँसेलुखर्क पुगेर यही पुस ४ र ५ गते सेवा प्रदान गरेका थिए। 

नासु भुर्तेलको कामु अवधि सकिएकै दिन जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई कामु अवधि सकिएको जानकारी दिए पनि हालसम्म कुनै सुनुवाइ नभएको जनाइएको छ। ‘शाखा अधिकृतको व्यवस्था गर्न वा कामु अधिकृत नियुक्त गरिदिन पुस १६ गते पनि मन्त्रालयलाई पत्राचार गरेका थियौँ। तर हालसम्म पत्रको सुनुवाइ भएको छैन’, जिल्ला प्रशासन कार्यालयका एक अधिकृतले भने, ‘गृह मन्त्रालयले दीर्घकालीन समस्या समाधान गर्नुपर्छ। म्यादी शाखा अधिकृत अधिकृतको जिम्मेवारी दिइरहे पुनः समस्या दोहोरिरहन्छ।’ 

यसैगरी, गृहले इलाका प्रशासन कार्यालय, खोटाङ बजारमा कार्यरत नायब सुब्बा मोहनबहादुर राईलाई छ महिनाका लागि दिएको कामु अवधि सकिएपछि नागरिकता वितरण लगायत प्रशासनिक सेवा रोकिएको छ। यसअघि शाखा अधिकृत नहुँदा गत असार २६ गतेदेखि इलाका प्रशासन कार्यालयको सेवा रोकिएको थियो। 

गृहले बढीमा छ महिनाका लागि नासु राईलाई कामु मुकर्रर गरेर पत्र पठाएपछि गत साउन २२ गतेदेखि नागरिकता वितरण लगायत सेवा सुरु गराइएको थियो। सो कामु अवधि यही पुस २० गते सकिएको जनाइएको छ।

कार्यक्रमका सिलसिलामा खोटाङ बजार पुग्नुभएका प्रमुख जिल्ला अधिकारी सुनारले पुस २१ र २२ गते नागरिकता जारी गरेका थिए। खोटेहाङ गाउँपालिका–७, खोटाङ बजारमा रहेको इलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा खोटेहाङ, जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका २१ वडाका सेवाग्राही समस्यामा परेका छन्।

इलाका प्रशासन कार्यालय खोटाङबजारको सेवा अवरुद्ध भएपछि सेवाग्राहीहरु काम नगरी फर्कन बाध्य भएको नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए। ‘पुस २४ गते इलाका प्रशासन कार्यालय खोटाङबजार पुगेको थिएँ। त्यो दिन २२ जना सेवाग्राही काम नगरी फर्कन बाध्य भएका थिए’, उनले भने, ‘यो म्यादी कार्यालयबाट कहिलेदेखि जनताले ढुक्कसँग सेवा लिन पाउने ? एकै दिन २२  सेवाग्राही काम नै नगरी फर्किनु परेको दुःखद खबर छ। कतिको, कति अप्ठ्यारो परिस्थिति पनि हुन्छ।’ 

इलाका प्रशासन कार्यालयमा जिम्मेवार कर्मचारीको व्यवस्था नगर्दा अत्यावश्यक कामका लागि सेवाग्राही जिल्ला प्रशासन कार्यालय दिक्तेल पुग्नुपर्ने बाध्यता छ। इलाका प्रशासन कार्यालयको सेवा पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकायमा पहल भइरहेको खोटेहाङ गाउँपालिका प्रमुख उदिम राईले बताए।

प्रकाशित: २०८० पुस २७ गते शुक्रबार ०७:०९
प्रतिक्रिया

थप समाचार

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरूको भिड (फोटो)

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ। असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको...

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...

सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत: श्रमिकको ज्याला खातामा, सामाजिक सुरक्षा अनिवार्य

कार्यविधिअनुसार निर्माण र परामर्श सेवामा रोजगारदाताको २० प्रतिशत सामाजिक सुरक्षा योगदानमध्ये १० प्रतिशत सरकारले व्यहोर्नेछ।

वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइनको काम

सुर्खेत: कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्‍याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वन सम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ। कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड...

कालीमाटीमा तिहारका लागि फूल किन्ने र बेच्नेको चहलपहल (फोटो)

तिहार नजिकिएसँगै काठमाडौंको कालीमाटी बजारमा फूल किन्ने र बेच्नेहरूको चहलपहल बढेको छ। बजारमा सयपत्री र मखमली फूल तथा फूलमाला बिक्रीका लागि राखिएका छन्। तिहारमा घर सजाउन, पूजाआजा गर्न र दिदीबहिनीले...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना