२०८३ कार्तिक १२ गते बुधबार

विश्वकप सुरु हुनुभन्दा सय दिन अगावै ६ लाखभन्दा धेरै टिकट बिक्री

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २८
haiti fifa womens worldcup
हाइटीको राष्ट्रिय महिला फुटबल टिम।

काठमाडौं – अष्ट्रेलिया र न्युजिल्यान्डले आयोजना गर्ने फिफा महिला विश्वकपको लागि ६ लाख ५० हजार टिकट बिक्री भएको छ। आउँदो संस्करणको फिफा विश्वकपमा आयोजकले १५ लाख टिकट बेच्ने लक्ष्य राखेको छ।

‘महिलाहरुको विश्वकै ठूलो इभेन्ट आयोजनालाई ऐतिहासिक बनाउने लक्ष्यका लागि यो वर्ष फिफाको मिसन रहेको छ,’ फिफाका महासचिव फातिमा समोउराले भनेकी छन्।

यो वर्षको फिफा विश्वकप आउँदो २० जुलाई देखि दुई देशमा सुरु हुँदैछ। यसरी दुई देश मिलेर आयोजना गरेको भने यो पहिलो पटक हो। सो प्रतियोगिताको उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेको सामना गर्नेछ। त्यस्तै, रिपब्लिक अफ आयरल्यान्डले भने आयोजक अष्ट्रेलियाको सामना गर्नेछ।

विश्वकपमा सहभागी बनेका ३२ टिमलाई समान ४–४ टिमको आठ समूहमा बाँडिएको छ। त्यसबाट शीर्ष दुई टिम अर्को चरणमा प्रवेश गर्नेछन्। यो प्रतियोगितालाई विश्वभरीका दुई बिलियन मानिसले हेर्ने फिफाले आँकलन गरेको छ।

फिफाको अनुसार उद्घाटन खेलमा नै एक लाख मानिसको उपस्थिति हुनेछ। सोही खेलमा न्युजिल्यान्डले १९९५ को विजेता टिमसँग खेल्नेछ। यता अष्ट्रेलियाको पहिलो खेल हेर्न धेरै टिकट विक्री हुने भएपछि ठूलो रंगशालामा सारिएको छ।

यता फिफाका अध्यक्ष जियान्न एन्फान्टिनोले सन् २०१९ बाट २४ देखि ३२ टिम बनाएसँगै यो विश्वकप अहिलेसम्मको सबैभन्दा उत्कृष्ट र रोमाञ्चक हुने दाबी गरेका छन्।

विश्वकपअन्तर्गतका ६४ खेललाई विभिन्न १० भेन्यूमा खेलिने छन्। यो वर्ष पोर्चुगल, आयरल्यान्डसँगै आठ टिमले विश्वकपमा डेब्यु गर्ने छन्। विश्वकपमा डेब्यू गर्ने बाँकी देशहरुमा भियतनाम, फिलिपिन्स, हाइटी, पानामा, जाम्बिया र मोरोक्कोसमेत रहेका छन्।

फिफा वरियताको ७७ औं स्थानमा रहेको जाम्बिया विश्वकप खेल्ने सबैभन्दा कम वरियताको टिम हो। यो विश्वकपमा डेनमार्क १६ वर्षपछि पहिलो पटक खेल्दैछ।

विश्वकपका सबै संस्करण खेलेका अमेरिका, जर्मनी, स्विडेन, ब्राजिल, जापान, नर्वे र नाइजेरिया यो वर्ष पनि खेल्दैछन्। फिफा महिला विश्वकपमा सर्वाधिक सफल टिम अमेरिका हो। उसले नवौं संस्करणसम्म आइपुग्दा चार पटक उपाधि जितेको छ।

प्रकाशित: २०७९ चैत २८ गते मङ्गलबार ०१:५६
प्रतिक्रिया

थप समाचार

महिला विश्वकपमा देखिएका रोचक दृष्य [१५ तस्बिर]

काठमाडौं – फिफा महिला विश्वकपको नवौं संस्करण अष्ट्रेलिया र न्युजिल्यान्डमा आयोजना भइरहेको छ। दुई देशमा आयोजना भएको महिला विश्वकपको यो नै पहिलो संस्करण हो। यसअघि कहिल्यै पनि महिला विश्वकप...

‘नेपाली टिमको साफ च्याम्पियनसिप जित्ने लक्षण हो’

काठमाडौं – नेपाली महिला फुटबल टिमले इतिहासमा पहिलो पटक गोल्ड मेडल जित्यो। तर त्यो आधिकारिक प्रतियोगितामा थिएन, केवल सिरिज मात्र थियो। बंगलादेशको ढाकामा आयोजना भएको दुई खेलको मैत्रीपूर्ण शृंखलाका...

नेपालले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं – राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ। बंगलादेशको राजधानी ढाकामा आयोजना भएको दुई मैत्रीपूर्ण खेलअन्तर्ग आज आईतबार यि दुई टिमले दोस्रो...

महिला फुटबलः पहिलो खेलमा नेपाल र बंगलादेशको बराबरी

काठमाडौं – बंगलादेशमा भइरहेको नेपाल र बंगलादेश सिनियर महिला मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपालले बंगलादेशसँग बराबरी खेलेको छ। ढाकाको वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्तफ कमल रंगशालामा...

‘मनोबल उच्च छ, आज जितका लागि खेल्नेछौं’

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत आज नेपालले पहिलो खेल खेल्दैछ। म्यानमारमा आयोजना भइरहेको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्न...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना