काठमाडौँ- पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान कार्यक्रम आयोजना गरेको छ।
भृकुटीमण्डपमा भएको चियापान कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न राजनीतिक दलका नेताहरु सहभागी भए।
कार्यक्रममा प्रधानमन्त्रीसहित, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि,धार्मिक संघ संगठनका, उद्योगी, व्यवसायी, पेशाकर्मी, बुद्धिजीवी लगायत ८ हजारलाई निमन्त्रणा गरिएको थियो।
बिहान ११ बजे भृकुटीमण्डपबाट र्याली निकालेर सिंहदरबार अगाडिको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेर पुनः भृकुटीमण्डपमा पुगेपछि चियापान कार्यक्रम सुरु भएको थियो।






















