काठमाडौं– नेकपा माओवादी केन्द्रको विधान सम्मेलन फागुनको पहिलो साता हुने भएको छ। शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले विधान सम्मेलन गर्ने निर्णय गरेको हो।
प्रवक्ता अग्नि सापकोटाका अनुसार सम्मेलन फागुन १, २ र ३ गते हुनेछ। स्थायी कमिटी बैठकले प्रतिनिधि छनोटको मापदण्ड समेत बनाएको सापकोटाले जानकारी दिए।


