२०८३ साउन १३ गते बुधबार

राप्ती बस दुर्घटनाका घाइते भन्छन् : खाना खाएर निदायाैँ, अस्पतालकाे बेडमा पायाैँ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २९
rapti_gadi

जानकी (बाँके)-  “लमहीमा खाना खाएर बस चढेपछि म निदाएछु, ब्युझिँदा अस्पतालको बेडमा थिएँ। दुर्घटना भएर उद्धार गर्दासम्म मैले केही थाहा पाइनँ”, कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको शय्याबाट बाँके नरैनापुरका नफिस बेहेनाले पीडा सुनाए।

नरैनापुर गाउँपालिका–३ बालापुरका १९ वर्षीय बेहेना वैदेशिक रोजगारीका सिलसिलामा कतार जाने तयारीस्वरुप स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जाँदै थिए। तर दुर्घटना कुन बेला र कसरी भयो तथा कसरी उद्धार भयो भन्ने उनलाई केही थाहा छैन। दुर्घटनामा परी नफिसको देब्रे हात, ढाड र मुखमा चोट लागेको छ।

सोही दुर्घटनामा परी घाइते भएका बसका सहचालक शङ्कर थारू पनि सोही अस्पतालमा उपचाररत छन्। थारूले चालक लालबहादुर नेपालीले भालुवाङमा रहेको प्रहरी ‘इन्ट्री पोस्ट’मा दर्ता नगरी तीव्रगतिमा बस कुदाएपछि दुर्घटना भएको बताए।

“भालुवाङस्थित प्रहरीको इन्ट्री पोस्टमा दर्ता गर्ने ठाउँमा आइपुग्दा रातिको त्यस्तै साढे १० बज्नै लागेको थियो। हामीभन्दा अगाडि अर्को गाडीको दर्ता हुँदै थियो, गुरुजीलाई अल्छी मान्नुभयो कि के हो, उहाँले बस नरोकी अगाडि कुदाउनुभयो”, सहचालक थारूले भने, “कुदाउने क्रममा बस अनियन्त्रित भइ नदीमा खस्यो।”

बस नदीमा खस्दा आफू होसमै रहेको थारूले बताए। “म क्याबिनमै थिएँ। बस एक्कासी नदीमा खस्यो। त्यतिबेला मलाई खासै चोट लागेको जस्तो त लागेको थिएन। तर नदीबाट बाहिर आएपछि भने श्वास फेर्न गाह्रो भयो”, अघिल्लो रातको घटना सम्झँदै उनले भने। बस नदीमा खसेको केहीबेरमै यात्रुको उद्धार सुरु भएको उनले सुनाए। सहचालक थारूले चालक लालबहादुर नेपालीको मापसे तथा लापसे सेवन गर्ने बानी नरहेको दाबी गरे।

दुर्घटनामा परी घाइते भएकी भारत बहाराइच जिल्लास्थित रुपैडिहा मटेराकी २० वर्षीया छोटी पथ्थरकट्टाको पनि कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। उनी श्रीमान् राहुल पथ्थरकट्टा र बाबु चेतराम पथ्थरकट्टासँगै काठमाडौँमा रहेकी दिदी सङ्गीता पथ्थरकट्टालाई भेट्न जाँदै थिइन्।

“म श्रीमान् र बुवा तीनजना दिदीलाई भेट्न काठमाडौँ जाँदै थियौँ। काठमाडौँमा जाडोयामभर सिलौटा र झाटो बेच्ने र केही पैसा कमाएर घर फर्कने भनेर दिदी भिनाजुसँग हाम्रो कुरा भएको थियो, दुर्घटनामा हामी भाग्यले बाँच्यौँ”, छोटी पत्थरकट्टाले भनिन्।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले घाइते भएका १३ जनामध्ये पाँच जना उपचारपछि घर फर्किकेको बताएका छन्। ठजनाको उपचार जारी छ। घाइतेमध्ये कालीकोटका तिलकप्रसाद उपाध्यायको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

दुर्घटनापछि घाइतेलाई पाँचवटा एम्बुलेन्समार्फत राति नै सो अस्पतालमा ल्याइएको थियो। सल्यान निवासी २८ वर्षीय बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले चालकको लापरवाहीका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। भे१ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ।

प्रकाशित: २०८० पुस २९ गते आईतबार ०६:४४
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना