काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक डाकेको छ। महामन्त्री मुकुल ढकालका अनुसार बैठक माघ ३ गतेका लागि डाकिएको हो।
बैठकमा आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरुको कार्यप्रगति विवरण लगायतका विषयमा छलफल हुने उनको भनाइ छ।
रास्वपा विधान अनुसार हरेक ५ दिनमा केन्द्रीय समिति बैठक बोलाउनुपर्ने प्रावधान छ ।


