अष्ट्रेलियाको सिड्नीमा होली फेस्टिबल भएको छ। फागु पूर्णिमा अर्थात होली पर्वको अवसरमा कमेरो ईभेन्ट्सले सिड्नीमा होली फेस्टिबलको आयोजना गरेको हो।
आगामी ११ मार्च शनिबार सिड्नीको हर्सभिल नजिकै डोनेली पार्क, कोनेल्स पोइन्टमा दर्जनौं नेपाली कलाकारको साथमा होली महोत्सव आयोजना गरेकाे हो।
फेस्टिबलमा नेपाली गायिका एलिना चौहान, सुशान्त ठुले, मोडल अञ्जली अधिकारी, नायक तथा गायक आमेश भण्डारी, मोडल विमल अधिकारी र गायक सुरज लगायत दर्जनौं स्थानीय कलाकारले आ-आफ्नो प्रस्तुती दिएका छन्।
