काठमाडौँ- काठमाडौंको टुँडिखेलमा अत्यधिक भीडभाडमा च्यापिएर ८ जना घाइते भएका छन्।
माघेसंक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलगअलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण च्यापिएका हुन्।
घाइतेलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ। उनीहरुको अवस्था सामान्य छ।
भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरु धेरै हुँदा टुँडिखेलको गेटमा भीड बढेको थियो।














