काठमाडौं- इटालियन क्लब एएस रोमाले प्रशिक्षक जोसे माउरिन्होलाई बर्खास्त गरेको छ। क्लबले एक विज्ञप्ती जारी गर्दै मारिन्हो र उनका कोचिङ स्टाफले क्लब छाडेको जनाएको हो। माउरिन्हो सन् २०२१ को मेमा रोमाका ६०औं प्रशिक्षक बनेका थिए।
माउरिन्होले रोमालाई इतिहासमै पहिलो पटक यूरोपियन उपाधि जिताएका थिए। सन् २०२२ को मे २५ मा रोमाले यूरोपियन कन्फ्रेन्स लिग जितेको थियो।
रोमाका अध्यक्ष ड्यान फ्रिडकिनले भनेका छन्, ‘हामी जोसे माउरिन्होलाई धन्यवाद दिन चाहान्छौं। राेमामा उनको कार्यकालमा प्राप्त सुन्दर पल सँधै यादगार रहनेछन्। तर पनि हामी क्लबमा तत्काल परिवर्तन होस् भन्ने चाहान्छौं। माउिरन्हो र उनका टिमको सुखद् भविष्यको शुभकामना!’
